मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी बच्न सकिन्छ, ‘इन्टरनेट एडिक्सन’बाट 

काठमाडौँ– धेरै समयसम्म मोबाइल ल्यापटप तथा इन्टरनेट चलाइरहनुलाई ‘इन्टरनेट एडिक्सन’ अर्थात् इन्टरनेटको लत भनिन्छ । 

पछिल्लो समय युवापुस्तामा बढिरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । इन्टरनेटको लतले मानिसमा धेरै समस्या उत्पन्न गर्न सक्ने मनोविद्हरूको भनाई छ । 

मनोविद्हरूका अनुसार इन्टरनेटको लतले तपाईँको समयतालिकासंगै निजी जिन्दगीमा असर गर्छ । 

यस्तै इन्टरनेटमा अत्यधिक समय बिताउदा रातको समय राम्रो निद्रा नलाग्ने, आँखामा समस्या देखिन सक्छ । अझ कतिपयमा त टाउको, ढाड तथा गर्दन दुख्ने लगायत समस्या देखिन्छ । 

आज हामी तपाइलाई इन्टरनेटको लतबाट बच्ने उपायका बारेमा जानकारी दिँदै छौ ।

यसरी बच्न सकिन्छ इन्टरनेटको लतबाट 

– इन्टरनेटको लतलाई गम्भीर समस्याका रूपमा स्वीकार गर्ने । 

– इन्टरनेटमा बिताउने समय घटाउने ।

– अन्य  मानिसहरू तथा परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्ने ।

– लामो दुरीको यात्रामा जाने, किताब पढ्ने ।

– राम्रो मनोचिकित्सकसँग सल्लाह लिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?