काठमाडौँ– धेरै समयसम्म मोबाइल ल्यापटप तथा इन्टरनेट चलाइरहनुलाई ‘इन्टरनेट एडिक्सन’ अर्थात् इन्टरनेटको लत भनिन्छ ।
पछिल्लो समय युवापुस्तामा बढिरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । इन्टरनेटको लतले मानिसमा धेरै समस्या उत्पन्न गर्न सक्ने मनोविद्हरूको भनाई छ ।
मनोविद्हरूका अनुसार इन्टरनेटको लतले तपाईँको समयतालिकासंगै निजी जिन्दगीमा असर गर्छ ।
यस्तै इन्टरनेटमा अत्यधिक समय बिताउदा रातको समय राम्रो निद्रा नलाग्ने, आँखामा समस्या देखिन सक्छ । अझ कतिपयमा त टाउको, ढाड तथा गर्दन दुख्ने लगायत समस्या देखिन्छ ।
आज हामी तपाइलाई इन्टरनेटको लतबाट बच्ने उपायका बारेमा जानकारी दिँदै छौ ।
यसरी बच्न सकिन्छ इन्टरनेटको लतबाट
– इन्टरनेटको लतलाई गम्भीर समस्याका रूपमा स्वीकार गर्ने ।
– इन्टरनेटमा बिताउने समय घटाउने ।
– अन्य मानिसहरू तथा परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्ने ।
– लामो दुरीको यात्रामा जाने, किताब पढ्ने ।
– राम्रो मनोचिकित्सकसँग सल्लाह लिने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया