काठमाडौँ– सामाजिक सञ्जालमा राखेका तस्वीरहरु वा अन्य कुनैपनि किसिमका पोस्टहरूमा धेरै लाइक र कमेन्ट आउन भन्ने इच्छा सबैले राख्छन् ।
तर धेरै प्रयास गर्दागर्दै पनि हामीले पोस्ट गरेको स्ट्याटस, फोटो र भिडियोमा लाइक नै आउँदैन ।
आज हामी तपाइलाई फेसबुकमा पोस्ट गरेको स्ट्याटस, फोटो वा भिडियोमा कसरी लाइक तथा कमेन्ट बढाउन सकिनछ भन्नेबारेमा जानकारी दिदैछाैँ ।
यसरी बढाउन सकिन्छ फेसबुक पोस्टमा लाइक तथा कमेन्ट
– सकेसम्म मानिसहरूको सर्वाधिक रुचि भएको तात्कालिक विषय पोस्ट गर्दा त्यसले फेसबुकेहरुको ध्यान तान्न सक्ने खालका पोस्ट गर्ने ।
– एउटै किसिमका तस्वीरहरु पटक पटक पोस्ट नगर्ने ।
– अरूका पोस्टमा पनि लाइक, कमेन्ट गर्न कन्जुस्याइँ नगर्ने
– यसका साथै फेसबुकमा आफ्नो पोस्टको सेड्युल बनाउने ।
– बेलुका ७ बजे देखि ९ बजेसम्म फेसबुकमा पोस्ट शेयर गर्दा धेरै लाइक र कमेन्ट पाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया