मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फुटवल प्रतियोगितामा झडप, ३ वटा बसमा क्षति १ जना घाइते

मोरङ – फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्य रेफ्रिले पुर्वाग्रह राखी गलत निर्णय गरी खेल हराएको भन्दै पराजित टिमका अफिसियल र दर्शकले मैदानमा अभद्र ब्यवहार गरेपछि दुई टिमका दर्शक बिच झडप भएको छ ।

मोरङको पथरीशनिश्चरे –१० मा भुटानी शरणार्थी शिविर ब्यवस्थापन समितिले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेल पछि आइतबार बिजेता आयोजक युथ फुटबल क्लव र सह आयोजक भुटानिज युथ क्लबका दर्शक बिच दोहोरो झडप भएको हो ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको ४ मिनेट सुरु हुने बित्तिकै उप विजेता टिमका भेराटी ९विदेशी खेलाडी० विपक्षी टिमको डिबक्समा लड्नु भएको थियो । तर, मुख्य रेफ्रि मनिष अधिकारीले फल्ड नदिई खेल सुचारु गरेपछि भुटानिज युथ क्लबका अफिसियल र समर्थक मैदानमा प्रवेश गरी होहल्ला गरी खेल अबरुद्ध गरेका थिए ।

सशस्त्र प्रहरीले मैदान खाली गरी सुचारु गरेको खेल अतिरिक्त समय पनि सकिएपछि १–० गोलले आयोजक युथ फुटबल क्लब पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरले जितेको थियो ।

खेल सकिना साथ सशस्त्र प्रहरीले मैदानबाटै रेफ्रिलाई स्कटिङ गरेर मञ्चमा पु¥याएको थियो । उक्त घटना हेरिरहेका बेलडाँगी पक्षका दर्शकले त्यसपछि रेफ्रिले साँच्ची कै गल्ती गरेको आरोप लगाउँदै जथाभावी होहल्ला गर्न थालेका थिए ।

सशस्त्र प्रहरीले घटनालाई साम्य पार्न लाठी चार्ज समेत गरेको थियो । एकातर्फ पुरस्कार वितरण चलिरहँदा मैदानमा दुइपक्ष बिच फाइट चलिरहेको थियो । भूटानी शरणार्थी शिविर नजिकै रहेको खेल मैदानमा एकाएक शिविरबाट मानिसहरु पसेर होहल्ला गरेका थिए ।

केही समय पछि बेलडाँगी शिविरबाट फुटबल हेर्न आएका दर्शक चढेको बसमा ढुङ्गा मुडा समेत भएको छ । ५ वटा बस मध्ये ३ बसमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले भिड नियन्त्रण लिएपछि दुई पक्षका समर्थक बिच भएको भिडन्तमा परी एकजना घाइते भएका छन् । घाइतेलाई सशस्त्र प्रहरीले आफै उद्धार गरी अस्पताल पु¥याएको छ । शिविर सँगै रहेको सशस्त्र प्रहरीका सइ लक्ष्मण महतले कोही पनि घाइते नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?