मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाशिवरात्रिले यी ३ राशिमा खुशी ल्याउनेछ, आगामी १ महिना विलासमा बित्नेछ

काठमाडौँ – शिव र शक्तिको मिलनको पर्व महाशिवरात्रि अब धेरै टाढा छैन । फागुन महिनाको कृष्ण चतुर्दशी तिथिमा २५ गते शुक्रबार महाशिवरात्री भव्यताका साथ मनाइदैछ

यस पटकको महाशिवरात्रि धेरै विशेष छ, किनभने यसको १ दिन अगाडि शुक्र र बुधको गोचर भइरहेको छ, जसले धेरै राशिहरूलाई बम्पर लाभ दिनेछ। यस्तो अवस्थामा महाशिवरात्रिको पर्वले केही राशिका लागि खुशीको उपहार ल्याइरहेको छ, जान्नुहोस् ती भाग्यशाली राशिका के–के हुन् र के–के फाइदा मिल्छ ।

महाशिवरात्रिको १ दिन अगाडि शुक्र-बुध गोचर

मार्च ७, २०२४ मा शुक्र कुम्भ राशीमा र बुध मीन राशिमा प्रवेश गर्दैछ। गोचरका कारण कुम्भ राशिमा शुक्र, सूर्य र शनिको संयोगले त्रिग्रही योग बन्नेछ। मीन राशिमा राहु र बुधको संयोग पनि रहनेछ। यस्तो अवस्थामा मिथुन, वृश्चिक र कुम्भ राशिका व्यक्तिहरुलाई महाशिवरात्रिमा पारिवारिक तथा आर्थिक लाभ मिल्नेछ ।

महाशिवरात्रिमा खुल्छ यी राशिको भाग्य !

वृश्चिक – ज्योतिषीहरुका अनुसार महाशिवरात्रिको एक दिन अगाडि वृश्चिक राशिका व्यक्तिहरुको चौथो र पाँचौं घरमा शुक्र–बुधको गोचर हुनेछ । तपाईको धनमा वृद्धि हुने सम्भावना छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ ।महाशिवरात्रिमा सवारी साधन खरिद गर्ने योजना सफल हुनसक्छ । आर्थिक अवस्था बलियो भएकाले परिवारमा खुसी रहनेछ। सासुरवासीबाट पनि सहयोग मिल्नेछ । पुरानो लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ

मिथुन – मिथुन राशिका दशौँ र नवौँ घरमा शुक्र र बुधको गोचर हुने छ । यस्तो अवस्थामा महाशिवरात्रिबाट आगामी एक महिना शिक्षा र करियरमा सफलता मिल्नेछ । जागिरमा बढुवाको सम्भावना छ । व्यवसायीका लागि यो समय लाभदायक रहनेछ । लगानीको लागि शुभ अवसर हो । परिवारसँग यात्रा गर्दा आनन्द मिल्नेछ। धन आर्जनका नयाँ स्रोत खुल्नेछन् ।

कुम्भ – महाशिवरात्रि अघि शुक्र कुम्भ राशिको प्रथम घरमा प्रवेश गर्नेछ । बुध दोस्रो घरमा रहनेछ। महाशिवरात्रि पर्व कुम्भ राशि भएकाहरुको प्रेम र दाम्पत्य जीवन दुवैको लागि शुभ रहनेछ । भौतिक सुखसुविधामा वृद्धि हुनेछ । तलब वृद्धिको सम्भावना छ। धन बचतमा सफलता मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ, तपाईले आफ्नो करियरमा पनि यस अवधिमा धेरै राम्रा अवसरहरू प्राप्त गर्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?