मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीदेवी आफ्नी छोरी जान्हवीलाई एक्टर नभई डाक्टर बनाउन चाहन्थिन् !

काठमाडौँ – तपाईंले प्रायः स्टारका छोराछोरीलाई फिल्ममा काम गरेको देख्नुभएको होला। तर के तपाईलाई थाहा छ दिवंगत अभिनेत्री श्रीदेवीले आफ्नी छोरी जाह्नवी कपुर अभिनेत्री बनोस् भन्ने कहिल्यै चाहेकी थिइनन् ।

जान्हवी कपुरले फिल्म ‘धडक’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । जब अभिनेत्रीको फिल्म रिलिज हुन लागेको थियो, उनले आफ्नी आमा, दिग्गज हिन्दी चलचित्र अभिनेत्री श्रीदेवी गुमाएकी थिइन् । तैपनि, जान्हवीले आफूलाई बलियो बनाइन् र आफ्नो दमदार अभिनयले मानिसहरूको मन जित्न सफल भइन् ।

तर तपाई आज यो थाहा पाउँदा छक्क पर्नुहुनेछ किन भने, श्रीदेवीले कहिल्यै पनि जान्हवीलाई अभिनयको दुनियाँमा प्रवेश गर्न चाहिनन् । वास्तवमा उनले जान्हवीलाई डाक्टर बनाउने सोचिन् । यसको खुलासा जान्हवी आफैले गरेकी छिन् ।

अभिनेत्रीले भनिन्, ‘म सधैं अभिनेत्री बन्न चाहन्थें । तर जब आमालाई यो कुरा थाहा भयो, उनी निकै अलमलमा परिन् । त्यसपछि बुबाले मलाई यो कुरामा साथ दिनुभयो र मलाई अभिनेत्री बन्न तयार गर्नुभयो।

जान्हवीले थप भनिन्, म मेरी आमासँग माफी माग्न चाहन्छु कि म एक्टर भएँ किनभने मसँग डाक्टर बन्ने बुद्धि थिएन। आफ्नो करियरमा जान्हवी कपुरले अहिलेसम्म मिली, रुही, गुंजन सक्सेना र बवल जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

यतिबेला नायिका आफ्नो आगामी फिल्म देवरा पार्ट १ लाई लिएर चर्चामा छिन् । जसमा उनी जुनियर एनटीआरसँग देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?