काठमाडौँ– मानव शरिरलाई स्वास्थ्य राख्न, शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक विकास गर्न र रोग विरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि पोषक तत्वहरुको आवश्यकता पर्दछ । ती पोषक तत्वहरु सही र सन्तुलित मात्रामा हाम्रो खानेकुरामा हुनु नै स्वस्थ खाना हो । स्वस्थ्य जीवनयापनका लागि स्वस्थ्य खाना हुनु जरुरी हुन्छ ।
पोषक तत्वले गर्ने काम
– कार्बोहाइड्रेट–शरिरलाई शक्ति/ऊर्जा दिने काम गर्छ ,
– प्रोटिन–शरिरको वृद्धि, विकास र मर्मत सम्भार गर्ने काम गर्छ,
– चिल्लो पदार्थ–शरिरलाई शक्ति/ऊर्जा दिने काम गर्छ,
– भिटामिन–रोग विरुद्ध लड्ने क्षमता बढाउँछ,
– फाइबर–आन्द्रलाई राम्रोसँग काम गराउन मद्धत गर्दछ,
– खनिज पदार्थ–दाँत, हड्डी तथा मांसपेशीहरु स्वस्थ्य राख्न मद्धत गर्छ ।
स्वस्थ खाना– के खाने, कसरी खाने ?
– प्रशस्त मात्रामा सागसब्जी, फलफुल,बदाम, भटमास, गेडागुडी र दाल प्रयोग गर्ने,
– नुनको प्रयोग काम गर्ने र आयोडिनयुक्त नुनको मात्रै प्रयोग गर्ने,
– प्रोटिनयुक्त खानाको (गेडागुडी, दाल, दूध, माछामासु आदि) प्रयोग गर्ने,
– मदिरा र सूर्तिजन्य पदार्थको सेवन नगर्ने,
– भिटामिन, फाइबर र खनिजयुक्त पदार्थको प्रयोग गर्ने,
– प्रसस्त मात्रामा पानी पिउने,
– पत्रु खानाहरुको प्रयोग नगर्ने । घरैमा पकाएर खानेकुराहरुलाई बढावा दिने ।
– बच्चा, महिला तथा वृद्धवृद्धाहरुलाई दूध तथा दूधबाट बनेका परिकारहरु खाने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया