मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टि

काठमाडौँ– फिल्म ‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहने यो फिल्मको आज (सोमवार) स्क्रिप्ट पूजा गरिएको छ ।

फिल्ममा कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहने जनाइएको छ । फिल्ममा नकिम उद्दिमको लगानी रहनेछ भने आगामी बिहीवारदेखि छायाङ्कन थालिने निर्माण टिमले जनाएको छ ।

अम्बर महर्जनले खिच्ने यो फिल्मलाई काठमाडौँ, जनकपुर लगायतका स्थानमा छाया‍ङ्कन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?