मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुकुम पश्चिममा कोरोनाविरुद्ध ‘बुष्टर डोज’ खोप अभियान

काठमाडौं- रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काको भनाइ छ ।

उनका अनुसार मुसीकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको छ । बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा यही फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने उनको भनाइ छ ।

जिल्लाका चारवटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ । खोप १२ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने छ । यसका साथै पहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेका व्यक्तिले पनि खोप लगाउन पाउने छन् ।

कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ । आजदेखि सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?