मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक : हरिवंश आचार्य

काठमाडौँ – अभिनेता हरिवंश आचार्यले ‘फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक हुने बताएका छन् । अभिनेता आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’मा खलनायकको चरित्रमा देखिँदैछन् ।

फिल्मको आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ । ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए । ‘फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक छ । जसरी बत्ति बाल्नका लागि पोजेटिभ र नेगेटिभ तार चाहिन्छ । त्यसरी नै फिल्मको बत्ति बाल्नका लागि पनि हिरो र भिलेन आवश्यक पर्छ,’ उनले भने ।

हरिवंशले ‘महाजात्रा’मा राम्रो मान्छे कसरी नराम्रो बन्छ भन्ने कुरा आफ्नो चरित्रमा दर्शकले हेर्न पाउने बताए । ‘मेरो चरित्र देशलाई भीरबाट खसाउने खलपात्रको छ,’ उनले भने ।

‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराईले बेरोजगार युवालाई राजनीतिक दलका नेताले कसरी दुरुपयोग गरेका छन् भनेर देखाउनका लागि ‘महाजात्रा’ बनाएको खुलाए । ट्रेलरमा बेरोजगार युवाहरुका पैसा कमाउने चाहना र पैसा कमाउनका लागि उनीहरु कुन हदसम्म काम गर्छन् भन्ने कथा देखाइएको छ ।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय छ ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरेको छ ।

फिल्ममा जितबहादुर रुवालीको सहायक निर्देशन, पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य, आशिष अविरलको संगीत, शमशेर लामा शृंगार र रूपकप्रताप अधिकारीको प्रोडक्सन डिजाइन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?