काठमाडौँ – यहि मार्च १० मा आयोजना हुन गइरहेको ‘९६ औं ओस्कार अवार्ड’ ज्येष्ठ फिल्मकर्मीका लागि विशेष बन्ने भएको छ । यसपटकको मनोनयनमा कयौं ज्येष्ठ फिल्मकर्मी मनोनयनमा परेका छन् ।
जसमा ७० वर्षदेखि ८० वर्ष र यो भन्दा पनि बढी उमेरका फिल्मकर्मी रहेका छन् । राजनीतिमा वृद्धावस्थालाई एक दायित्वका रुपमा सम्झिएर बहस गरिन्छ । तर ओस्कार अवार्ड भने ज्येष्ठ फिल्मकर्मीका लागि एक सुनौलो अवसरका रुपमा हेरिएको छ ।
उमेरको कुरा गर्दा अग्रपंक्तिमा ८३ वर्षका हयाओ मियाजाकी पर्छन् । ‘विश्वलाई तपाईं आफ्नो उमेरका कारण रिटायर्ड हुन लाग्नुभएको छ । फेरि फर्किनुहुन्छ भनेर बताइरहनुको खराब अरु केही छैन,’ उनले केही वर्षअघि भनेका थिए ।
मियाजाकी ‘सर्वश्रेष्ठ फिल्म’का लागि मनोनयनमा पर्ने सर्वाधिक उमेरका निर्देशक हुन् । यदी उनले मार्च १० मा ओस्कार अवार्ड जिते भने, उनी त्यस्तो विजेता बन्नेछन्, जो दर्शकभन्दा पनि धेरै उमेरका विजेता हुनेछन् ।
ओस्कारमा ८६ वर्षका रिडले स्कट भिजुअल इफेक्ट र प्रोडक्सन डिजाइन विधाको मनोनयनमा छन् । ८१ वर्षका माइकल मानको फिल्म ‘फरारी’ रिलिज भएको थियो । तर उनको फिल्म मनोनयनमा परेन । ७८ वर्षका विम वेन्डर्सले आफ्नो फिल्म ‘परफेक्ट डेज’लाई सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिल्मका लागि प्रदर्शन गरेका छन् ।
फिल्म निर्माता मार्टिन स्कोर्सेसी ८१ वर्षका छन् । उनी आफ्नो फिल्म ‘किलर्स अफ द फ्लावर मून’का लागि ‘वेस्ट निर्देशक’को विधामा मनोनित भएका छन् । ‘म हरेक कुराका लागि उत्सुक छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया