मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नविनतम सिर्जना उत्पादन

काठमाडौँ – सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यअनुरुप थालिएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नविनतम सिर्जना उत्पादन हुन थालेका छन् । उदाहरणका रुपमा वडा नं. ५ को टंगाल माध्यमिक विद्यालयको कक्षा ७ र ८ मा अध्ययरत बालबालिकाहरुले रिमोटबाट सञ्चालन हुने सामान ओसार्ने हवइ जहाज, एअर एम्बुलेन्स, हाइड्रो ‘जल विद्युत’ प्रणाली, क्युव स्याटसाइट, स्मार्ट ब्रिजजस्ता बिज्ञान र प्रविधिमा आधारित मोडल तयार पारेका छन् ।

सामाजिक क्षेत्रका क्रियाकलापहरुमा परम्परागत भेषभुषाका नमूना बनाउने, नेवार समुदायमा प्रसादका रुपमा ग्रहण गरिने समय बजी ‘माछा, अण्डा, बारा, राग, छोइला, छुस्यामुस्या, भुटी’ बनाउने काम गरेका छन् । व्यवहारिक सिपका क्षेत्रमा हाउस वायरिङ्ग गर्ने, खाना बनाउने ‘पाक शिक्षा’ लगायतका सिप सिकेर विद्यालयमा प्रदर्शन गर्न थालेका छन् ।

विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु ‘बाबा’ र ‘स्टिम’ क्लवसहित विभिन्न सिप विकासका विधामा उपसमूहमा आवद्ध भएर शिक्षा आर्जन गरिरहेका छन् । पठन संस्कार, व्यक्तित्व विकास, योग, संगीत, नृत्य, नाट्य जस्ता विधामा प्रशिक्षित भइरहेका छन् । कागजमा कोरिने चित्रका रेखा र रङ्गसँग प्रकृति, वातावरण र मानव जीवनको सम्बन्ध व्याख्या गर्न थालेका छन् । गएको बर्षबाट थालिएको कार्यक्रममा विद्यार्थीहरुको रुचि देखिएपछि चालु शैक्षिक सत्रमा निरन्तरता दिँदै लगानी बढाएका छौँ । कार्यक्रम हरेक शुक्रबार सञ्चालन भइरहेका छन् ।

कार्यक्रमको प्रभावकारिताका लागि शिक्षण पद्धति सिर्जनशील, व्यवहारिक, प्रयोगात्मक र वास्तविक बनाउन शिक्षक शिक्षण तालिम प्रदान गर्न थालेका छौँ । शिक्षकको ज्ञान विद्यार्थीमा सजिलै हस्तान्तरण गर्ने विधि र विद्यार्थीहरुले सिकेको ज्ञान तथा सिपलाई व्यवहारमा प्रयोग गर्दै दिगो स्मरण तथा उपयोगमा ल्याउने कुरा हाम्रा कार्यक्रमका मूल्याङ्कन सूचक हुन् ।

हामीले रुपान्तरण गर्न चाहेको कुरा विद्यालय प्रशासन, शिक्षक र अभिभावकले बुझ्न सक्नुहोस् । रुपान्तरणका लागि गरिएको महसुस, नतिजा ‘विश्व बजारमा आवश्यक जनशक्तिमा हुनु पर्ने सिप र योग्यता’ मा परिणत गर्न सकियोस् । हामी यसका लागि प्रयत्नशील छौँ ।

महानगरपालिकाले विद्यार्थीहरुको व्यवहारिक, सामाजिक र आचरणयुक्त सिप, प्रविधिमैत्री र नवप्रवर्तनमा आधारित शिक्षा नीति लिएको छ । यसबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीमा विद्यालय उमेरभित्रै आफूभित्र भएको क्षमता र भविष्यको बाटो पहिचान गर्न सक्नेछन् ।

यसका लागि शिक्षण सिकाइमा मात्र होइन, विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, प्रयोगशाला ९कम्प्युटर, विज्ञान० लाई विद्यार्थीहरुको स्वध्ययन स्थल बनाउने, पुस्तकालय ‘भौतिक र इन्टरनेटमा आधारित’ लाई ज्ञान विज्ञानसँग जोडने काम गरिरहेका छौँ । यसले विद्यार्थीहरुको बुझाइ क्षमता र बौद्धिक स्तरमा वृद्धि गराउनेछ । उनीहरुको विकास, पेशा र जीवन निर्वाहको बाटो निर्देश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?