मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘नक्कली’ मार्फत् ठट्टा गर्दै गायिका संगिता पहरी

काठमाडौँ– गायिका संगिता पहरी र राम कुमार नेपालीको आवाज रहेको गीत ‘नक्कली’ सार्वजनिक हुने भएको छ । ठट्याैली लाेक शैलीकाे गीतलाई बजारमा ल्याउने तयारी गरिएकाे पहरीले बताइन् ।

अमृत भारतीको शब्द तथा संगीत रहेको यस गीतमा गायक नेपाली नै एरेन्जर रहेका छन् । यस गीतमा सन्जिव ठकुरी, सन्ध्या सानु तथा गोविन्द विवसकोको अभिनय रहेको छ ।

गायक नेपालीको निर्देशन रहेको गीतको भिडियो सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् भने कल्पेस विश्वकर्माको सम्पादन रहेको छ । अरब प्रोडक्सनबाट उत्पादन भएको यस गीतलाई भारती पिक्चर युटुब च्यानलमा समेत हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?