मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो बनेर आयो प्रतीक्षित फिल्म ‘महाजात्रा’ को ट्रेलर (भिडियो)

काठमाडौँ– प्रतिक्षित फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार (आज) एक कार्यक्रमका बीच सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

आउँदो चैत्र ९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलर युट्युबमा पनि हेर्न सकिन्छ ।

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा पैसाकै वरिपरि घुमेका तीन पात्रको कथालाई प्रस्तुत गरिएको छ । यसअघि ‘जात्रा’ र ‘जात्रै जात्रा’ मा पनि यस्तै खालको कथानक प्रस्तुत गरिएको थियो । यी दुई फिल्म दर्शकले निकै रुचाएका थिए ।

यसअघि निर्देशक भट्टराईले निर्देशन गरेका फिल्म सफल भएकाले पनि यो फिल्मलाई दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । यो निर्देशकको डेब्यु फिल्म ‘जात्रा’ को तेस्रो सिक्वेल हो ।

’जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

अघिल्ला शृङ्खला झैँ यसपटक पनि पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको जनाइएको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने कथा टिजरमा देखाइएको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

यस्तै फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?