मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नइ प्रकाशनको सिक्का र टिकट लोकार्पण

काठमाडौँ– नइ प्रकाशनको नाममा प्रकाशित भएको एक सय रुपियाँको सिक्का र हुलाक टिकट लोकार्पण भएको छ ।

शनिवार राजधानीमा गरिएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट एक सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट दस रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको हो ।

नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर हो ।
राज्यको तर्फबाट नइलाई गरिएको यो सम्मान सिंगो साहित्य र संस्कृति क्षेत्रलाई गरिएको योगदान भएको जनाउँदै पूर्वकुलपति काइँलाले नइले स्थापनाकालदेखि गरेको कार्यलाई प्रशंसा गरे ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नइलाई दिइएको सम्मानले थप यात्रामा अझै सहज भएको बताउँदै यसले नइको स्वर्ण महोत्सव सम्मको यात्रालाई हौसला दिएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?