मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रेखाको ‘उपहार’ लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौँ – यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको रेखा थापाको फिल्म ‘उपहार’ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सो फिल्मलाई  ‘यू’  अर्थात युनिभर्सल सर्टिफिकेट दिएको हो । यसको अर्थ सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन् । 

फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मनपराएको बताए ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्ममा रेखा सहित पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्कीलगायतको अभिनय छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?