मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय एप्स प्ले स्टोरबाट हटेपछि गुगलसँग बैठक गर्दै भारत सरकार 

काठमाडौँ – प्ले स्टोरबाट भारतीय एप्स हटाएपछि भारत सरकारले गुगललाई बैठकमा बोलाएको छ ।

प्ले स्टोरको बिलिङ नीति पालना नगरेको भन्दै गुगलले प्ले स्टोरबाट १० ओटा भारतीय एप्स हटाएको थियो । यही कारण हस्तक्षेपमा उत्रिएको सरकाले समस्याको समाधान खोज्न गुगललाई बैठक बोलाएको हो ।

यसबारे प्रतिक्रिया दिँदै केन्द्रीय मन्त्री अश्विनी वैष्णव एप्स डिलिस्टिङको कडा विरोध गर्ने र यो हुन नदिने बताएका छन् ।

पीटीआईसंगको कुराकानीमा उनले प्ले स्टोरबाट गुगलले केही भारतीय एपहरू हटाउने विषयमा लिएको निर्णय विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका थिए । 

गुगलले हटाएका एपहरूमा विवाह एप्ससहित भारतका धेरै लोकप्रिय एपहरूको नाम समावेश छ।

यद्यपि भारत सरकारको प्रतिक्रियापछि केही एपहरू प्ले स्टोरमा फेरि देखिन थालेका छन् । सरकारले गुगलसँग आगामी सोमबार बैठक तय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?