मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

निःसन्तान दम्पतीका लागि ‘आईभीएफ’ प्रविधि भरपर्दो छ, कुनै साइड इफेक्ट छैन

बिहे गरिसकेका कतिपय दम्पतीमा बाँझोपनको समस्या देखिने गर्छ । यो समस्या खासगरी ढिलो बिहे गर्ने, विवाहपछि पनि लामो समयसम्म सन्तान नजन्माउने दम्पतीबीच भएको पाइन्छ । नेपाली समाजमा यस्तो समस्यालाई पहिले रुढीवादी दृष्टिले हेर्ने गरिए पनि पछिल्लो समय भने यसको उपचार विधितर्फ दम्पतीहरु आकर्षित भएका छन् ।

बढ्दो व्यस्त जीवनशैलीका कारण सन्तान जन्माउने योजनामा ढिलाइ गर्दा कतिपय डाक्टरहरुमा समस्या देखिएको छ
पछिल्लो समय निसन्तान दम्पतीका लागि आईभीएफ प्रविधि पनि उत्कृष्ट विकल्प बनेको छ ।

यो विधि के हो? यो कत्तिको सुरक्षित छ? आईभीएफ गरेपछि गर्भाधान रहने सम्भावना कत्तिको छ? लगायतका विषयमा स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्मासँग सुस्मिता फुयाँलले गरेको कुराकानीः

निःसन्तान दम्पतीलाई लाभदायी आईभीएफ विधि कस्तो हो ?

सामान्यतया महिलाको डिम्बाशयबाट अण्डा र पुरुषको शुक्राणु मिलन भएपछि गर्भ रहने गर्छ । तर यदि महिलामा अण्डा छैन, पुरुषमा पनि शुक्राणुको मात्रा न्यून मात्रामा छ अथवा ट्युब बन्द छ भने बच्चा नरहने सम्भावना बढी हुन्छ । अन्य कुनै कुराको कमी छ भने त्यो अवस्थामा पनि बच्चा बस्दैन ।

यस्तो अवस्थामा आईभीएफ गरिन्छ । त्यसका लागि शुरुमा इन्जेक्सन लगाएर अण्डा लिइन्छ । त्यसमा स्पर्म मिलाएर ल्याबमा राखेर बढीमा पाँच दिनपछि महिलाको पाठेघरमा भ्रुण राखिने प्रक्रिया नै आईभीएफ विधि हो । यति गरिसकेपछि बाँकी प्रक्रिया सामान्य गर्भवती महिलाको सरह नै हुन्छ ।

कस्ता दम्पतीले यसको लाभ लिन सक्छन् त?

कुनै महिलाको उमेर बढी भएकाले अण्डा हुँदैन । त्यस्तो अवस्थामा अरुको अण्डा लिएर भ्रुण तयार गरेर पाठेघरमा राख्नुपर्छ । अर्को भनेको यदि दुवै ट्युब बन्द भएको अवस्थामा पनि यो विधि अपनाउन सकिन्छ । यदि कुनै पुरुषको शुक्राणु र निषेचन (फर्टिलाइजेसन) दर निकै कम छ भने त्यस्ता दम्पतीको हकमा आईभीएफ गर्न सकिन्छ ।

यसमा जोखिम हुन्छ कि हुँदैन? के यो सुरक्षित विधि हो ?

यो निकै सुरक्षित विधि हो । यसमा डराउनुपर्ने या आत्तिनुपर्ने कुनै कारण नै हुँदैन । अर्को कुरा यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्दैन ।

आईभीएफ गर्ने प्रक्रिया के हो? कसरी गरिन्छ?

यसका लागि अस्पताल भर्ना हुनु पनि आवश्यक छैन । शुरुमा दम्पतीको चेकअप गरिन्छ । त्यसमा यदि श्रीमानको शुक्राणुको मात्रा कम छ भने आईभीएफमा एउटा अण्डा राखेर गर्भाधान गरिन्छ । त्यसपछि अण्डा विकसित भएपछि सुईको माध्यमबाट अण्डाशयको फोहोर बाहिर निकालिन्छ ।

पछि हामीेले अण्डा र शुक्राणु लिएर भ्रुण तयार गर्ने प्रक्रिया थाल्छौँ । त्यसका लागि ल्याबमा तीनदेखि पाँच दिन राखेर राम्रोसँग वृद्धि हुन दिन्छौँ । पछि महिलामा महिनावारी भएपछि हामीले पाठेघरमा राखिदिन्छौँ । यो प्रक्रिया पूरा गर्न पाँचदेखि आठ हप्ता लाग्छ । यसमा त्यस्तो जटिल समस्या केही हुँदैन ।

खर्च कति जति लाग्छ?

यसका लागि साढे दुई लाखदेखि तीन लाखसम्म लाग्छ ।

के यो विधि नेपाल जस्तो देशमा आवश्यक भइसकेको छ?

आजभोलि युवापुस्तामा ढिला विवाह गर्ने र अझ सन्तान पनि ढिला जन्माउने लहर छ । ढिला विवाह गरेपछि बाँझोपनको समस्या देखा पर्छ । जसकारण ती दम्पतीहरुको वैवाहिक जीवन खल्लो र अपूरो हुन्छ । नेपालको परिवेशमा त अझ महिलाहरु आफ्नो घरपरिवार र आफ््नै श्रीमानबाट समेत तिरस्कृत हुनुपर्ने अवस्था छ । यसर्थ सन्तानकै कारण हुने घरझगडा र दुखेसो अन्त्य गर्न साथै बाँझोपनको समस्या भएका दम्पतीले पनि सन्तान सुख प्राप्तिका निमित्त यो विधि आवश्यक हुँदै गइरहेको छ ।

यदि कुनै दम्पतीको बच्चा भएन भने त्यस्तो अवस्थामा आईभीएफ गर्नुपर्दा अपनाउनुपर्ने कुरा के के हुन्?

त्यस्तो ध्यान नै दिनुपर्ने कुरा त खासै केही छैन । शुरुमा हामीले दम्पतीको स्क्रिनिङ गर्छौँ । विभिन्न चेकअपहरु हुन्छ । हाम्रोनको अवस्था कस्तो छ भनेर पनि हामीले निक्र्यौल गर्छौँ । त्यसका आधारमा आईभीएफ प्रक्रिया शुरु गर्छौँ ।

यो विधि अपनाउँदा गर्भ रहने सम्भावना कति रहन्छ?

आईभीएफ गर्दा गर्भ रहने सम्भावना ७५ प्रतिशतसम्म रहन्छ । कतिपय अवस्थामा गर्भ तुहिने समस्या पनि देखिन सक्छ ।

आईभीएफ कति पटकसम्म गर्न मिल्छ ?

ठ्याक्कै यतिपटक गर्नुपर्छ भन्ने हुँदैन । जतिपटक गर्न पनि मिल्छ । कुनै साइड इफेक्ट हुँदैन ।

आईभीएफ मार्फत जन्मिएको बच्चा र अन्य बच्चाहरुमा समानता र फरकपन कत्तिको हुन्छ ?

आईभीएफमार्फत जन्मिएको बच्चा पनि एक नर्मल बच्चा नै हो । जसरी एउटा बच्चा पाठेघरमा विकास हुन्छ त्यसरी नै आईभीएफ गर्दा पनि ल्याबमा तीनदेखि पाँचदिनसम्म मात्रै राखिएर पुनः महिलाको पाठेघरमा राखिने हो । आईभीएफबाट जन्मिएको बच्चालाई तीन महिनासम्म बढी ख्याल भने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?