मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सकियो ‘ईश्वर’को छायाँकन, रिलिज मिति चाँडै घोषणा गरिने

काठमाडौँ – सुरु भएको २७ दिनमा फिल्म ‘ईश्वर’को  हेम्जाकोटाबाट छायाँकन सम्पन्न भएको छ । 

राजु गिरीको निर्देशन रहेको यो चलचित्रमा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।

फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । फिल्मको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।  

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको हो । चलचित्रको रिलिज मिति अब चाँडै घोषणा गरिने आयोजक पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?