काठमाडौँ – अहिले देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी वायूको प्रभाव रहेको छ भने दिउसो पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज देशभर साधरणतया बदली रहने छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहँदा उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको हुने महाशाखाको पूर्वानुमान छ ।
आज राती पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया