मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भावस्थाको शुरूमै वाकवाकी र बान्ता भए के गर्ने ?

महिलामा गर्भ रहेको सुरुवाती समयमा नै हुने वाकवाकी र बान्ता हुन्छ , जसलाई मर्निङ सिक्नेस पनि भनिन्छ । यो समस्या प्रायजसो गर्भवती महिलालाई देखिनु सामान्य हो ।

अर्थात् महिलाको महिनावारी बन्द भएर वाकवाकी शुरु हुनु गर्भवतीको शुरुवाती लक्षण हो । तर, कहिलेकाहीँ पेटसम्बन्धी र अरू समस्याको कारणले पनि यस्तो हुनसक्छ ।

विभिन्न अध्ययन अनुसार अन्दाजी ७० देखि ८० प्रतिशत गर्भवती महिलालाई यो समस्या देखिने गरेको छ । यस समस्या मुख्यतया गर्भावस्थाको पहिलो ३ महिनासम्म हुने गर्छ ।

जुन गर्भावस्थाको ६ देखि ८ हप्तामा शुरु भई १२ देखि १४ हप्तामा प्रायः महिलाहरूमा बिस्तारै कम हुँदै जान्छ । तर, कोही महिलालाई भने गर्भावस्थाको अन्तिम समयसम्म पनि हुने गर्छ ।

यो समस्या गर्भवती महिलाहरूमा साधरणतया सामान्यदेखि जटिल अवस्थासम्म देखिन सक्छ । कतिपय महिलामा मुखबाट खाएको कुनै पनि खाना पेटमा नरहने गरी बान्ता हुने गर्छ । यो अवस्थालाई जटिल समस्याको रूपमा लिइन्छ । 

यो समस्या हुनुको कारण ठोकुवासाथ यही हो भन्न सकिँदैन । तर गर्भवती महिलाहरूको शरीरमा बढिरहेको हर्मोन कोरिवनिक गोनाडोट्रोपिनको कारणले समस्या ल्याएको मानिन्छ । यो हर्मोनलाई गर्भावस्थाको हर्मोन भनेर पनि चिनिन्छ ।

साथै जो महिलाहरूमा मानसिक रूपमा तनाव तथा चिन्ता बढी छ, त्यस्ता महिलाहरूमा यो समस्या देखिने सम्भावना हुन्छ । त्यस्तै शरीरमा ग्लुकोजको मात्रामा कमी भएर पनि वाकवाकी लाग्न सक्छ ।

वाकवाकी र बान्ता हुने समस्याबाट राहत पाउन के गर्ने ?

–आफूलाई जुन गन्धले वाकवाकी बढाउँछ, त्यसबाट सकेसम्म टाढा बस्ने, विशेषतः भान्सामा खाना पकाउँदाको गन्धले प्रायः महिलालाई वाकवाकी बढाउँछ । यस्तो समयमा महिलालाई काममा परिवारका सदस्यहरूले सहयोग गर्नुपर्छ ।

–बस्ने कोठामा पनि हावा आवतजावत हुने खालको गन्धरहित वातावरण हुनुपर्छ ।

–यो समस्या गर्भवती अवस्थाको शुरुका तीन महिनापछि बिस्तारै हराउँदै जान्छ भनेर बुझ्न आवश्यक छ । यसको लागि विशेष उपचार आवश्यक पर्दैन । यो समस्या कम गर्न गर्भवती महिलालाई बिहान उठ्ने बित्तिकै सुख्खा खानेकुरा, जस्तै: बिस्कुट, टोस्ट, रोटी, चिउरा, मकै, भटमास जस्ता खानेकुरा खाएर मात्र ओछ्यानबाट निस्कने सल्लाह दिनुपर्छ ।

– समस्या कम गर्न जस्तै: अदुवा, पुदिना, नुन भएको खानेकुरा प्रयोग गर्नुपर्दछ ।

– बिहानको समयमा झोल कुरा कम खानुपर्छ । झोल कुरा बिस्तारै दिउँसो हुँदै गर्दा बढाउँदै जाने भनेर सुझाव दिनुपर्छ । 

–खाना खाँदा पनि एकै पटक धेरै नखाने, थोरै थोरै तर बेलाबेलामा खाने र लामो समय पेट खाली नराख्ने गर्नुपर्दछ । 

–कार्बोहाइड्रेट र प्रोटिनको मात्रा बढी भएको तथा चिल्लो कम भएको सादा खाना खानुपर्दछ । 

–बिहान उठ्ने बित्तिकै र खाना खाने बित्तिकै दाँत माझ्नाले वाकवाकी बढाउन सक्छ । त्यसैले खाना खाएको कम्तीमा एक घण्टापछि मात्र दाँत माझ्नुपर्छ ।

–महिलाहरूलाई अलिक बढी आराम आवश्यक पर्छ । किनकि पर्याप्त आराम पुगेन भने पनि धपेडीले पानी वाकवाकी बढी हुने सम्भावना हुन्छ ।

–कतिपय महिलालाई वाकवाकी, बान्ताले गर्दा केही कुरा पनि खान नसक्ने र पेटमा नरहने गरी जटिल अवस्था देखिन सक्छ । यदि यस्तो समस्या देखिएको छ भने तुरुन्त अस्पतालमा जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?