मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनन्त अम्बानी–राधिका मर्चेन्टको प्रि–वेडिङ : आज के हुँदै छ ?

काठमाडौँ – भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीले कान्छो छोरा अनन्त अम्बानीको बिहेको समारोह अन्तर्गत हिजोबाट प्रि–वेडिङ सेरेमनी चलिरहेको छ । 

१० अर्ब भारु खर्चमा सम्पन्न हुने लागेको यो समारोहका लागि देश विदेशबाट ख्यातिप्राप्त व्यक्तित्वहरू आएका छन् भने यसलाई विशेष बनाउन अम्बानी परिवार लागेको छ ।

फलत : आज ‘अ वाक अन द वाईल्डसाईड’ नामको कार्यक्रम हुँदै छ । द अम्बानीज एनिमल रेक्यु एण्ड रिहाबलिटेसन सेन्टरमा हुने यो कार्यक्रममा पाहुनाहरुलाई ड्रेस कोड समेत तोकिएको छ ।

यो स्थान घाइते भएका जनावरहरूका लागि विशेष उपचारका लागि बनाइएको हो । पाहुनालाई यो स्थान घुमाएपछि बेलुकी अन्य स्थानमै विशेष मेला आयोजना गरिएको छ । जहाँ भारतीय संस्कृति झल्कने प्रस्तुति देखि खानपानको व्यवस्था रहने छ ।

यस्तै भोली अर्थात् मार्च ३ मा ‘टस्कर ट्रेल’ को आयोजना हुँदै छ । जसअन्तर्गत पाहुनाहरुलाई जामनगर क्षेत्रको प्राकृतिक सुन्दरताको अवलोकन गराइने छ । अर्थात् घरबाहिर हुने यो कार्यक्रमका लागि भारतीय ड्रेसमा उपस्थित हुन पाहुनालाई आग्रह गरिएको छ । 

निकै धूमधामसँग चलिरहेको यो विवाह समारोहमा अतिथिहरूलाई पार्सी, थाई, मेक्सिकन र जापानी परिकारका साथै पान–इन्डियन परिकारहरू समेत पस्किइनेछ । ब्रेकफास्टमा ७० भन्दा धेरै विकल्प हुने बताइएको छ ।

लन्च र डिनरमा पनि २५०र२५० परिकार राखिनेछ । कुनै पनि परिकार दोहोर्‍याएर राखिने छैन । समारोहमा करिब १ हजार अतिथिहरूको उपस्थिति रहने छ । 

यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ अर्ब भारु खर्च भएको थियो । ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लेहेङ्गा लगाएर विश्व कीर्तिमान   बनाएकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?