मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भोजपुरको ओख्रेमा डाग्बुङ पदमार्ग निर्माण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिकरुपमा मनोरम क्षेत्रलाई समेटेर  पदमार्ग निर्माण गरिएको हो ।

यस क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए ।

यसलाई मुख्य पर्यटन क्षेत्रको रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको उनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाएर आर्थिक स्रोतको रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको हो ।

पदमार्ग निर्माणमा नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा रु ३४ लाख खर्च गरिएको गाउँपालिकाले जनाएको छ । यस वर्ष पनि सोही कार्यक्रमको रु २० लाख बजेटबाट काम निरन्तर भइरहेको छ । यहाँ पर्यटन मन्त्रालयबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।  

रामप्रसादराई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए।

हाल ओख्रे बजारबाट करिब ६ किलोमिटर पदमार्ग निर्माण भएको उनले जानकारी दिए । पदमार्ग वडा नं ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको छ । 

लाँलीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँबाट अग्ला हिमशृङ्खलासँगै तराईका सुन्दर भू–भागको अवलोकन गर्न सकिन्छ । किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?