मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चुनाव लड्दै बलिउड अभिनेता अक्षयकुमार

काठमाडौँ – बलिउड अभिनेता अक्षयकुमार भारतीय जनता पार्टी (बीजेपी) बाट चुनाव लड्ने चर्चा सुरु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बीजेपीले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउँदै छ । जसमा अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट टिकट दिन सक्ने जनाइएको छ ।

सेलिब्रेटी उम्मेदवारका बारेमा भाजपाले प्रारम्भिक छलफल गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाउँदा पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्ने चर्चा समेत छ ।

यसैगरी पूर्वसांसद तथा चलचित्र अभिनेत्री जया प्रदा दक्षिण भारतको कुनै पनि सिटबाट चुनाव लड्न सक्ने चर्चा छ । 

यद्यपि  अहिले चर्चामा रहेका यी नामबारे गत बिहिबार नै पार्टिले टुङ्गो लगाउने बताइएको थियो ।

सो दिन बसेको पार्टिको बैठकले आगामी लोकसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न नसक्दा अब ३ मार्च साँझसम्म भाजपाले कहाँबाट कसलाई उम्मेदवार बनाउने भन्ने तस्वीर स्पष्ट हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?