मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कहिले आउँछ ६ जी प्रविधि ? के–के हुने छन् सुविधा ?

काठमाडौँ – इन्टरनेटको दुनियाँमा सेकेन्ड सेकेन्डमा क्रान्तिकारी परिवर्तन भइरहँदा अब ६ जीको तयारी सुरु भएको छ । फाइभजी नेटवर्क नै कतिपय देशहरूमा परीक्षणकै क्रममा रहँदा यसअघिनै विश्व ६ जी प्रविधि ल्याउने तयारीमा छ।

यो प्रविधिमा अहिलेको ५जी भन्दा १०० गुणा छिटो हुनेछ जुन छिटो इन्टरनेटको लागि प्रसिद्ध छ। केवल एक सेकेन्डमा १ टेराबाइट क्षमताको फाइल डाउनलोड गर्न सक्षम हुने अनुमान गरिएको छ।

सिक्सजी नेटवर्कमा १०००००० एमबीपीएस अर्थात् १ टिबीपीएस स्पीड उपलब्ध हुनेछ । जुन सपना जस्तो लाग्दा  जुनिपर रिसर्चले ६ जीको सम्भाव्यताबारे सार्वजनिक गरेको रिपोर्टले यो सम्भावनाको बारेमा बताएको हो । 

रिपोर्टका अनुसार ६जी नेटवर्कमा १ टिबी प्रति मिनेटको गतिमा डाटा ट्रान्सफर गर्न सकिन्छ। साथै ६जी सुरु भएको २ वर्षभित्र करिब २९ करोड मानिस यस वायरलेस प्रविधिसँग जोडिन सक्ने अनुमान रिपोर्टले गरेको छ । 

यद्यपि यसका लागि यो दशकको अन्त्यसम्म कुर्नुपर्ने छ । अर्थात् ६ जी सेवा आधिकारिक रूपमा सन् २०२९ मा सुरु हुन सक्ने बताइँदा २०३० को अन्त्यसम्ममा विश्वव्यापी रूपमा २९ करोड ६ जी कनेक्सनमा प्रत्यक्ष हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?