मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यु १६ महिला फुटबल : आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ – साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज बङ्गलादेशको सामना गर्दैछ ।

खेल  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराह्न ३ बजे देखि शुरू हुनेछ । यसअघि एन्फाले प्रतियोगिता च्यासलमा हुने जनाएको थियो ।

तर, एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने जनायो । त्यसपछि खेल एन्फा कम्प्लेक्समा सारिएको हो । 

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७(० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।  प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुँदै छन् । 

प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शीर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

२७ फागुनसम्म चल्ने प्रतियोगितामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?