मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम्प्युटर तात्ने समस्याको समाधान कसरी गर्ने ?

काठमाडौँ– मोबाइल, ट्याब्लेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरू चाँडै तात्नु पनि एक हो । काम गर्दागर्दै कहिले काहीँ तपाइको कम्प्युटर धेरै तात्ने हुन्छ । कम्प्युटर धेरै तातेर काम गर्नु राम्रो होइन ।

यदि तपाईँको कम्प्युटरमा तात्ने समस्या छ भने यसले अनपेक्षित सट डाउन, डाटा गायब हुने र हार्डवेयरमा क्षति हुनसक्छ । 

आज हामी तपाइलाई तातेको कम्प्युटरलाई कसरी चिसो बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौँ । 

तातेको कम्प्युटर चिसो बनाउन यस्ता उपाय अपनाउनुहोस् :

– कम्प्युटर ओभर हिटिङ रोक्नका लागि एयरफ्लोमा कुनै पनि बाधाहरू आउन नदिने 

– कम्प्युटरलाई प्रत्यक्ष सूर्यको प्रकाशमा सकेसम्म नराख्ने 

– समय समयमा कम्प्युटर सफा गर्ने

– कम्प्युटरको सिपियुमा अधिक भार दिने एपहरु सकेसम्म नचलाउने

– भरपर्दो तथा विश्वासिलो कुलिङ डिभाइस को प्रयोग गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?