काठमाडौँ – अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने देशमा पश्चिमी वायूको प्रभाव छ।
आज दिउसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधरणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू,भागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा हुँदा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा पनि छिटफुट देखि हल्का बर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया