मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब क्यूआर कोड मार्फत सम्पदाको जानकारी लिन सकिने

काठमाडौँ – क्यूआर कोड मार्फत नै काठमाडौं महानगरपालिकाभित्र रहेका सम्पदाबारे जानकारी पाउन सकिने भएको छ । महानगरले नन्दिकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले प्रविधिको प्रयोगमार्फत नै सम्पदाबारे जानकारी पाउन सहज होस् भन्ने उदेश्यले क्यूआर सेवाको थालनी गरिएको वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले बताए ।

‘घुम्न आउनेले स्मार्ट फोन बोकेकै हुन्छन् । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कार लगायत विविध विष्षय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउँछन् । उनीहरुलाई जानकारी सजिलो होस् भनेर प्रयोगका रुपमा अहिले दुई वटा मन्दिर र एउटा महाविहारको चिनारी क्यूआर कोडमा राखेका हौं,’ उनले भने । वडाले द सारङ्‍गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो ।

नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?