मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईलाई थाहा छ, सास किन गन्हाउछ ?

काठमाडौँ – तपाईलाई थाहा छ, सास किन गन्हाउछ ? यो समस्यासँग धेरैले जुध्नु परेको छ । यसले धेरैलाई दुःख दिइरहेको हुन्छ । मुखबाट दुर्गन्धित सास आउनुले मानिसलाई निकै लाजमर्दो पनि बनाउँछ ।

सास गन्हाउने समस्या हटाउनका लागि धेरैले माउथवासको सहारा लिने गर्छन् । माउथवासले तत्कालीन रूपमा मुखको दुर्गन्ध त हटाउँछ । तर यसलाई लामो समय प्रयोग गर्न भने मिल्दैन । माउथवासमा ‘एन्टिब्याक्टेरियल प्रोपटी’ हुन्छ ।

त्यसले मुखमा भएको चाहिने जीवाणुलाई पनि मारिदिन्छ र मुखमा फंगल इन्फेक्सन हुने, घाउ आउने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले माउथ फ्रेसनरलाई दैनिक प्रयोग गर्नु राम्रो हुँदैन ।

कहिले काही मुखबाट दुर्गन्ध आउनुको मुख्य कारण कारण दाँतको बीचमा अड्किएर बस्ने ब्याक्टेरिया हो । यदि सास गन्हाउने समस्यालाई समयमै ध्यान दिएन भने यो बढ्न सक्छ ।

मुखको दुर्गन्ध विभिन्न कारण हुने हुँदा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । उपचार गरिएन माउथ फ्रेसरले कुल्ला मात्र गरियो भने समस्या समाधान हुँदैन समस्या दोहोरिन सक्छ तथा बढ्न पनि सक्छ ।

ब्रस र फ्लस उपयुक्त ढंगले गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस र फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्दा उत्तम हुन्छ । केही खानेकुरा खानेबित्तिकै पानीले मुख कुल्ला गर्नुपर्छ । यसो गर्नाले दाँतमा फोहोर जम्न पाउँदैन ।

जिब्रोलाई सफा राख्ने गर्नुपर्छ । किनभने यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट पनि रोक्छ । बिस्कुट, चकलेट, टाँसिने खालका पदार्थले दाँतलाई असर गर्छ । त्यसैले यस्तो पदार्थ सेवनपछि तुरुन्त मुख कुल्ला गर्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?