मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुघा लाग्दा नाक बन्द भएमा के गर्ने ?

काठमाडौँ – रुघा लाग्दा शरीर भारी हुने गर्छ । स्वर परिवर्तन हुन्छ, टाउको दुख्छ । यतिसम्म त ठीक हो । तर त्यससँगै नाक पनि टालिने समस्याले अति ग्रस्त बनाउँछ ।

नाकमा एलर्जी र संक्रमण भएपछि नाकको तन्तुहरु (मासु) सुनिन्छ । नाकमा सिंगान जम्छ । सोही कारण नाक भारी भएको अनुभव हुन्छ । तर नाक टालिएपछि सुत्नमा भने समस्या हुन सक्छ ।

नाकभित्र हावा भरिने साइनस हुन्छन् । त्यसमा कुनै कारणवश संक्रमण भएमा साइनसमा हावाको साटो पानी भरिन्छ । हावा पास हुन पाउँदैन । नतिजा, गन्धमा प्रभाव पार्ने टाउको दुख्ने, स्वर परिवर्तन हुने र शरीर भारी हुने गर्छ ।

नाक बन्द हुनुका कारण
मौसममा परिवर्तन भई हुनसक्ने जीवाणुको संक्रमण तथा एलर्जी
नाक मासु पलाउनु
कुनै पनि रसायनको सम्पर्कमा आउनु
दीर्घकालीन पिनास
नाकको हड्डी बाङ्गो हुनु

नाक बन्द भएमा के गर्ने ?
नाक बन्द भएमा के कारणले भएको हो त्यो बुझ्न जरुरी छ । सोहीअनुसार औषधि उपचार गर्नुपर्छ । तर रुघा लाग्नेबित्तिकै औषधि खाइहाल्न भने हुँदैन ।

कम्तीमा पाँच दिन तातो पानीको बाफ लिने, पोषणयुक्त खानेकुरा, झोलिलो पदार्थ खाने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । रुघा लागेर नाक बन्द हुँदा चिकित्सकको सल्लाह नेजल ड्रप प्रयोग गर्न सकिन्छ । तर नाकमा हाल्ने नेजल ड्रप पाँच दिनभन्दा बढी प्रयोग भने गर्नुहुँदैन ।

रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि निको नभएमा, खोकी निरन्तर लागेमा, ज्वरो बढ्दै गएमा, खकार र सिंगान पहेंलो भएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकलाई जाँच गराएर औषधि उपचार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?