मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि मण्डला थिएटरमा ‘अन्धवेग’ नाटक मञ्चन हुने

काठमाडौँ – आज शुक्रबारदेखि मण्डला थिएटरमा नयाँ नाटक मञ्चन हुने भएको छ । प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा नाटक ‘अन्धवेग’ मञ्चन हुन लागेको हो ।

बालकृष्ण समको नाटक ‘अन्धवेग’ नाटक चैत १८ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुने नाटक शनिबार भने २ः३० बजे पनि मञ्चन हुनेछ ।

नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बू, सारदा अधिकारी, सुन्दर धिताल, केशवजंग शाही, संदेश कार्की र सन्तोष गिरीको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?