मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

काठमाडौँ – फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गरेका हुन् । नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की छन् । रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन् ।

मिडफिल्डरमा एरिक विष्ट, मनिष डाङ्गी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई छन् भने स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?