मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गरिने

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केतकी ग्रह गणितका आधारमा पात्रो गणनाका लागि अध्ययन गर्ने भएको छ । हाल समितिले स्वीकृति दिएका पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिएको छ ।

सूर्य सिद्धान्तभन्दा केतकी ग्रह गणितका आधारमा गणना गर्दा राम्रो हुने भएकाले त्यसतर्फ अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । फागुन १२ र १३ गते भारतको उत्तर प्रदेशस्थित लखनउमा भएको ज्योतिषसम्बन्धी गोष्ठीमा पनि केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गर्ने विषयमा सहमति भएको पनि उनले सुनाए ।

भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयले आयोजना गरेको गोष्ठीमा भाग लिन अध्यक्ष अधिकारी, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका प्रमुख प्रा. डा. धनेश्वर नेपाल र समितिका सदस्य एवं दक्षिण एशियाली ज्योतिष महासङ्घका अध्यक्ष लक्ष्मण पन्थी गएका थिए। गोष्ठीमा चैत्र शुक्ल प्रतिपदा अर्थात् संवत्सर आरम्भको दिन ज्योतिष दिवस मनाउने सहमतिसमेत गरेको छ । यो दिवस भारत, नेपाललगायत देशमा मनाइने जनाइएको छ । गोष्ठीमा वक्ताले ‘सूर्य सिद्धान्तीय पञ्चाङ्ग र नाभिकीय पञ्चाङ्गको तुलना’ विषयमा विचार प्रस्तुत गरेका थिए ।

गोष्ठीमा प्रस्तुत भएका विषयमा समितिका सदस्यलाई पनि जानकारी गराएर विसं २०८३ देखिकै पात्रो केतकी ग्रह गणितका आधारमा गर्ने गरी छलफल अघि बढाइएको जानकारी पनि अध्यक्ष अधिकारीले गराए । यसका लागि यसै वर्षदेखि पञ्चाङ्गकारहरुसँग छलफल र अभ्यास सुरु गरिने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?