मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

५१ वर्षमा पहिलो पटक अमेरिकी मिसन चन्द्रमामा अवतरण 

काठमाडौँ – ५१ वर्षमा पहिलो पटक अमेरिकी मिसन चन्द्रमामा अवतरण भएको छ । अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो ।

योसंगै ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बन्दा अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ । 

ओडिसिएसले अवतरण गर्नुअघि स्पेसक्राफ्टको गति बढेकोले ओडिसिएसले चन्द्रमाको वरिपरि एक अतिरिक्त यात्रा गरेको बताइएको छ ।

‘बीबीसी’का अनुसार ल्यान्डर ओडिसिएसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ । घामको किरण यहाँ पुग्दैन । यो खाडल नजिकैको समतल ठाउँ हो ।

मेलापार्ट १७ औं शताब्दीका बेल्जियमका खगोलविद् थिए । यहाँ पानी भए पनि बरफको रूपमा रहेको वैज्ञानिकहरूको विश्वास छ ।

यसअघि सन् १९७२ मा अपोलो –१७ मिसनले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेको थियो । यसपछि अमेरिकाले सन् २०२२ मा चन्द्रमामा आर्टिमिस–१ मिसन पठाएको थियो । तर, त्यो अन्तरिक्ष यान चन्द्रमामा अवतरण भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?