मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपाल झर्ने समस्याबाट आजित हुनुहुन्छ ? यसरी खानपानमा सुधार गर्नुहाेस्

कपाल झर्ने समस्या भनेको आजको समयको सबैभन्दा सामान्य समस्या हो । अधिकांश मानिसहरू यो समस्याबाट हैरान नै भइरहेका छन् ।

कपाल झर्ने समस्या सुल्झाउन मानिसहरूले बजारमा पाइने सबै प्रकारका तेल,स्याम्पुहरूको प्रयोग गर्छन् । तरपनि कपाल भर्ने समस्या भने रोकिँदैन ।

यस्ताे अवस्थामा हामीले खानपान सुधार्न जरुरी छ ।  किनभने मानव शरीरमा निम्तने रोग तथा समस्याहरु मुख्यगरी हामीले खाने खानेकुराको कारण लाग्दछ ।

यसकारण हामीले सन्तुलीत भोजनको सेवन गरेर खानपानमा ध्यान दियौ भने कपाल झर्ने समस्याबाट पनि राहत मिल्दछ ।  यसका अलवा निम्न खानेकुरा याे समस्याबाट छुटकारा पाउन सहयाेगी बन्न सक्छ :

अमला 

अमलालाई आयुर्वेदमा रामवाण औषधि मानिन्छ । अमलाको जुसको सेवनले कपाल झर्ने र सेतो हुनबाट रोक्छ। अमला एन्टी एजिङ र तौल घटाउन पनि प्रयोग गरिन्छ । यसलाई चटनी को रूपमा वा सद्दे पनि सेवन गर्न सकिन्छ ।

सजिउन

मोरिंगा जसलाई नेपाली मा सजिउन र मधेसमा मुनगा समेत भनिन्छ लाई आयुर्वेदमा गुणले भरिएको खजानाको रूपमा हेरिन्छ । यसको सेवनले तौल घटाउन पनि सकिन्छ । मोरिंगाले हेमोग्लोबिन स्तर सुधार गरेर रक्त अल्पता जस्ता रोगहरू निको पार्न सक्छ ।

मोरिंगा कपालको लागि धेरै लाभदायक छ किनकि यसले हाम्रो टाउकोलाई पोषण दिन्छ । यसले कपालको फोलिकल्सलाई क्षति हुनबाट रोक्छ । यसको धुलो दाल वा तरकारीमा मिसाएर प्रयोग गर्न सकिन्छ । मनतातो पानीसँग पनि लिन सकिन्छ ।

म्याग्निसियमयुक्त खाना

हाडे बदाम, मुसुरो दाल, उसिना चामलको भात, ओखर, कोसे तरकारी, एभोकाडो, केराजस्ता म्याग्निसियमयुक्त खाना दिनहुँ खाने गर्नुपर्छ ।

आइरनयुक्त खाना

आइरनयुक्त खाना खानाले शरीरका टाउकोलगायत शरीरका कोषिकामा रगत, अक्सिजन, पोषक तत्व आदिको आपूर्ति बढेर जान्छ, जसले कपाललाई स्वस्थ र बलियो बनाउँछ । गाढा हरियो पात भएका सागपात, गेडागुडी, राजमा, खसीको मासु, अण्डाको पहेँलो भागजस्ता खानामा आइरनको मात्रा उच्च हुन्छ ।

भिटामिन ए र सी

भिटामिन ए र सीले कपालको जरालाई बलियो बनाउँछ । भिटामिन सीले शरीरभित्र आइरनको मात्रालाई पनि बढाउँछ, जुन कपालको स्वास्थ्यका लागि उपयोगी हुन्छ । त्यही भएर ब्रोकाउली, गाजर, सखरखण्ड, फर्सीजस्ता भिटामिन ए र सी प्रशस्त मात्रामा पाइने खाना दिनहुँ खाने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?