मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पुष्पा–२’ को एउटा फाइट सिनका लागि ५० करोड खर्च

काठमाडौँ – अल्लू अर्जुन स्टारर ‘ ​​पुष्पाः द रुल’ बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो। जहाँ सबैले यो फिल्मको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् र यसको हरेक अपडेटमा नजिकबाट नजर राखिरहेका छन्। 

यसैबीच निर्माण पक्षले चलचित्र ‘गंगामथल्ली जठारा’ को विशेष दृश्यको छायांकन ठूलो परिमाणमा सम्पन्न गरेको खबर आएको छ । यो एक दृश्यमा ठूलो रकम खर्च गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो एउटा गीतको सिलसिला हो जसमा झगडा र भावनात्मक तत्व पनि रहेका छन् । यो ३० मिनेट लामो सिक्वेन्स बनाउन ३५ दिन लागेको थियो र यो विशेष दृश्यका लागि निर्माताले ५० करोड रुपैयाँ खर्च गरेका छन्, जुन सामान्य फिल्म बनाउन पर्याप्त रकम हो ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ सुकुमारले लेखेका र निर्देशन गरेका हुन् । कुनै पनि प्रमोशन बिना नै यो फिल्म ब्लकबस्टर साबित भएर बक्स अफिसमा राज गर्न सफल भएको थियो ।

त्यो बेला २०० करोडको लागतमा बनेको फिल्मको पहिलो भागले प्रचार नगरी ३७० करोडभन्दा बढी कलेक्सन गरेको थियो । यो फिल्म सुपरहिट भयो र यसको संवाद, कथा र नृत्यको निकै प्रशंसा भयो ।

अब निर्माताहरूले यसको दोस्रो भाग ठूलो मात्रामा बनाउँदैछन् जुन ५०० करोडको लागतमा बनिरहेको जनाइएको छ । र, हाल ‘पुष्पा २’ को छायांकन अन्तिम चरणमा रहेको छ भने आगामी  १५ अगस्तमा हलमा रिलिज हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?