मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् आफ्नै जेट विमान भएका भारतीय सिनेमाका कलाकार

काठमाडौँ– सबैभन्दा ठुलो फिल्मी उद्योगको कुरा गर्नुपर्दा बलिउडको पनि नाम आउँछ । त्यसमाथि पनि दक्षिण भारतीय फिल्महरूले पछिल्लो समय निकै लोकप्रियता र चर्चा सँगै आम्दानी पनि राम्रो गरिरहेका छन् ।

अभिनेताहरूले एकपछि अर्को गर्दै ब्लकबस्टर फिल्महरूमा अभिनय गरिरहँदा उनीहरूको कमाइ पनि राम्रो नै गरिरहेको मान्न सकिन्छ । त्यसकारण बलिउड कलाकारहरू भव्य जीवनशैलीमा रमाइरहेका छन् ।

आज हामी तपाइलाई बलिउडका कुन कलाकारहरूले करोडौँ डलरका निजी जेटहरूको स्वामित्व लिएका छन् भन्ने बारेमा जानकारी दिनेछौँ ।

शाहरुख खान

शाहरुख खान,भारतीय अभिनेता र चलचित्र निर्माता हुन् । जसलाई बलिउडका बादशाह तथा किंग खानको रूपमा चिनिन्छ । इकोनोमिक टाइम्सले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार, उनीसँग एक भव्य निजी जेट विमान रहेको छ । 

चिरञ्जीवी

कोनिडेला चिरञ्जीवी एक भारतीय अभिनेता, चलचित्र निर्माता र पूर्व राजनीतिज्ञ पनि हुन् । उनलाई भारतीय सिनेमाको इतिहासमा सबैभन्दा सफल र प्रभावशाली अभिनेता मानिन्छ । उच्च कमाई गर्ने तेलेगु फिल्म अभिनेता चिरञ्जीवीसँग करोडौँ मूल्य पर्ने निजी जेट रहेको फाइनान्सियल एक्सप्रेसले सार्वजनिक गरेको रिपाेर्टमा उल्लेख गरिएको छ ।

शिल्पा शेट्टी

शिल्पा शेट्टी कुन्द्रा एक भारतीय अभिनेत्री हुन् । उनले अब्बास–मस्तानको सन् १९९३ मा आएको रोमान्टिक थ्रिलर फिल्म ‘बाजीगर’ मा शाहरुख खानसँगै बलिउडमा प्रवेश गरेकी थिइन् । अहिले उनलाई आफ्नै निजी जेट भएको अभिनेत्रीको रूपमा चिनिन्छ ।

अमिताभ बच्चन

पाँच दशकभन्दा लामो फिल्मी यात्रामा लागेका अमिताभ बच्चन भारतीय सिनेमाको इतिहासमा सबैभन्दा कुशल र प्रभावशाली अभिनेता हुन् । उनी भारतीय फिल्म उद्योगमा उच्च सम्मानित व्यक्तित्व अमिताभ बच्चनसँग पनि एक निजी जेट विमान रहेको छ । इकोनोमिक टाइम्सले प्रकाशित गरेको उक्त रिपोर्टका अनुसार, जेटको मूल्य करिब २ सय ६० करोड रुपैयाँ छ ।

अल्लू अर्जुन

तेलगु सिनेमामा आफ्नो प्रभाव कायम गर्न सफल अभिनेता अल्लू अर्जुन भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता मध्येमा एक हुन् । उनीसँग पनि एक निजी जेट रहेको छ । केहिसमय अघि भारतीय मिडियाहरूले उनको निजी जेटसँगको तस्वीर पनि सार्वजनिक गरेका थिए ।  

जुनियर एनटीआर 

जुनियर एनटीआरको खास नाम नन्दमुरी तारका रामा राव जूनियर हो । उनले खास गरी तेलगु सिनेमामा अभिनय गर्ने गर्छन् । सबैभन्दा बढी पारिश्रमिक पाउने तेलेगु फिल्मी अभिनेताहरू मध्ये जुनियर एनटीआरसंग पनि आफ्नो निजी जेट रहेको छ । सीए नलेज ले सार्वजनिक गरेको रिपोर्टका अनुसार उक्त जेटको मूल्य करिब ८० करोड रुपैयाँ पर्दछ । 

प्रियंका चोपडा

इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार, भारतीय अभिनेत्री प्रियंका चोपडासंग पनि निजी जेट रहेको छ । जसको लागि उनले केही वर्षअघि ठूलो रकम खर्च गरेकी थिइन् ।

अक्किनेनी नागार्जुन

नागार्जुन भनेर चिनिने भारतीय अभिनेता अक्किनेनी नागार्जुन राव मुख्य रूपमा तेलेगु सिनेमामा अभिनय गर्छन् । उनीसँग पनि एक भव्य निजी जेट रहेको छ ।

राम चरन

एक भारतीय अभिनेता राम चरन पनि एक धनी  निर्माता तथा अभिनेता हुन् । भारतीय सिनेमामा सबैभन्दा धेरै कमाउने अभिनेताहरू मध्ये एक राम चरन पनि हुन् । उनी फोब्स्र इन्डियाको सेलिब्रेटी एक सय सूचीमा समावेश उनीसँग पनि एक भव्य निजी जेट रहेको छ । 

दिलजीत दोसांझ

दिलजीत दोसांझ एक भारतीय गायक, गीतकार, अभिनेता, चलचित्र निर्माता हुन् ।  उनले पञ्जाबी सङ्गीत र त्यसपछि पञ्जाबी र हिन्दी सिनेमामा काम गरे । विश्वव्यापी फेसन लेबल र समृद्ध जीवनको लागि प्रख्यात, दिलजीत दोसांझसंग निजी जेट रहेको छ ।

ऋतिक रोशन

भारतीय अभिनेता ऋतिक रोशन सबैभन्दा धेरै कमाउने अभिनेता हुन् । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार यात्राको समयलाई अनुकूलन गर्न ऋतिक रोशनले निजी जेटमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?