मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राईडे रिलिज

आजबाट प्रदर्शनमा ‘अगस्त्य’, देशभरका हलमा उच्च शो

काठमाडौँ – फस्ट लुक सार्वजनिक भएबाटै उच्च हाइपमा रहेको नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ ।

फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ। त्यस्तै उनीहरुको लुक्स नै चर्चामा रहँदा यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए।

चरित्रका लागि गरिएको यो मेहनतका कारण पनि फिल्मको चर्चा चुलिँदा यसले शोहरु पनि राम्रै पाएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै चर्चा पाउँदा प्रमोद अग्रहरीको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि फिल्मको महत्त्व बढाइदिएको छ ।

सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ।

वान सिनेमाजले दुई चेन गरेर आठ शो, बिग मुभिजले तीन शो, एफक्युबले तीन शो, बिएसआरले चार शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ। उपत्यकाबाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा तीन–तीन शो दिएका छन्।

शोको अनुपात हेर्दा देशभरका एक सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’ लाई दुई सय ५९ शोहरू उपलब्ध गराउँदा विदेशमा समेत राम्रै शो पाएको निर्माण पक्षले बताएको छ ।

उनीहरूका अनुसार अमेरिका र बेलायतमा आठ सयदेखि एक हजार शो, क्यानडामा एक सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा एक सय ५० शो, अस्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा सात सय ५० शोमा रिलिज हुने बताइएको छ।

फिल्ममा सौगात रनाजिर सहित मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा लगायतको अभिनय देख्न पाईने छ ।  

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी  हुन भने प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माण फिल्म बनेको हो ।

फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ। यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावक अनिवार्य रूपमा लैजानुपर्ने हुन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?