मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी एपको प्रयोग गरी गर्न सकिन्छ सजिलै मोबाइलमा स्क्रिन रेकर्ड 

काठमाडौँ– कतिपय अवस्थामा हामीलाई मोबाइलमा स्क्रिन रेकर्ड गर्नुपर्ने हुनसक्छ । अहिले गुगल प्ले स्टोरमा स्क्रिन रेकर्ड गर्न मिल्ने धेरै एप्सहरु उपलब्ध छन् । तर धेरै मानिसहरूलाई मोबाइलमा स्क्रिन रेकर्ड कसरी गर्न सकिन्छ भनेर थाहा  नहुन सक्छ । 

आज हामी तपाइलाई स्क्रिन रेकर्ड गर्न मिल्ने केही एप्सको बारेमा बताउँदै छौँ । जसको मद्दतले मेसेन्जर टेक्स्ट, भिडियो कल लगायतका सम्पूर्ण क्रियाकलापहरू भिडियो फर्म्याटमा सेभ गर्न सक्नुहुनेछ ।

यी हुन स्क्रिन रेकर्ड गर्न मिल्ने एप्सहरु :

एजेड स्क्रिन रेकर्डरः एजेड स्क्रिन रेकर्डरलाई गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । 

डीयु रेकर्डरः फोनको स्क्रिन रेकर्ड गर्नका लागि डियु रेकर्डर एपको पनि प्रयोग गर्न सकिन्छ । यसलाई पनि गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न मिल्छ ।

स्क्रिन रेकर्डरः यो स्क्रिन रेकर्डर एपलाई पनि गूगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । यो एप स्क्रिन रेकर्ड गर्नका लागि सबैभन्दा बढी प्रयोग भएको एप हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?