मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिन्दु शास्त्रअनुसार को को हुन् अष्टचिरञ्जीवी ?

शास्त्रले आठ जना खास पात्रहरू कहिल्यै नमर्ने बताउँछ । हिन्दु धर्म संस्कारअनुसार गरिने ठुल्ठुला पूजा, हवन, सत्यनारायणको पूजा, श्रीमद्भागवतको कथा, सप्ताह, व्रतबन्ध पूजा, शुभ विवाह आदि कर्म गर्दा उनीहरूको पूजा गरिन्छ। हामी सबैको लामो आयु भई हाम्रो जीवनमा शुभमंगल र कल्याणकारी भइरहने परम्परागत विश्वासले नै सबैले अष्टचिरञ्जीवीलाई मान्दै आइरहेका हुन्।

यी हुन् अष्टचिरञ्जीवी :

मार्कण्डेयः पुराणअनुसार मार्कण्डय मृकण्डु र मनस्विनीका छोरा थिए । उनी जस्तै आपतविपतमा पनि अविचलित थिए । उनले साधना र तपस्याले काललाई पनि जितेका थिए भनिन्छ ।

व्यासः व्यास पराशर र सत्यवतीका पुत्र थिए । व्यास अठारै पुराणका निर्माता हुन् । उनी वेद वेदाङ्गका मर्मज्ञ पनि थिए ।

कृपाचार्यः कृपाचार्य भारद्वाज कुलमा जन्मिएका थिए । कृपाचार्यले महाभारतको युद्धमा कौरवको पक्ष लिएर लडेका थिए । यिनी साहसी, कर्तव्यपरायण र पराक्रमी थिए ।

अश्वत्थामाः अश्वत्थामा अद्वितीय धनुर्विद्याका ज्ञाता द्रोणाचार्यका पुत्र थिए ।

परशुरामः परशुरामलाई विष्णुका दशमध्ये छैटौं अवतार मानिन्छ । यिनी भृगुवंशी ऋषि जमदग्नि र रेणुकाका सन्तान थिए । यिनलाई परम पितृभक्त मानिन्छ ।

बलिराजाः बलि दैत्यका राजा थिए । दानव कुलमा जन्मेर पनि यिनमा सत्यवादी धारणा थियो भन्ने धार्मिक मान्यता छ । यी पुराण प्रसिद्ध दानी दैत्य राजा थिए । तिहारका देउसी र भैलोमा बलिराजको गुणगान गाइन्छ ।

हनुमान: हनुमान प्रसिद्ध कृति रामायणका एक पात्र हुन् । अर्को अर्थमा रामभक्त एक बाँदर हुन् । वायु र अञ्जनिका छोरा थिए । हनुमानलाई बलवान, वीर र शक्तिशाली बाँदरका रूपमा चिनिन्छ ।

विभीषण: रावणका कान्छा भाइ हुन् । यिनी लङ्का युद्धमा आफ्ना दाजुको विपक्षमा र रामका पक्षमा लागेका थिए । उनलाई सत्यका पक्षमा लागको र धर्मको जित भएको भन्ने सन्दर्भसँग जोडेर हेरिएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?