मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राइडे रिलिज

दयाहाङका दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ आजबाट प्रदर्शनमा

काठमाडौँ – दयाहाङ राईका दुई फिल्म ‘हात्तीछाप’ र दयारानी’ आजबाट एकैसाथ प्रदर्शनमा आएका छन् । यी दुई फिल्म नेपालसँगै अष्ट्रेलियामा पनि रिलिजमा आएका हुन् ।

‘बोतल राजा’ र एक साधारण युवकको कथामा समावेश फिल्म ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । जसमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, बुद्धि तामाङलगायत कलाकार छन् । 

हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ र सिंगल थिएटरमा पनि चलचित्रले राम्रै शो पाएको छ ।

यता निसन्तान दम्पतीको कथालाई फिल्ममा प्रस्तुत गरेको  फिल्म ‘दयारानी’लाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । यो फिल्ममा पनि दयाहाङ राई नै मुख्य भूमिका देखिएका छन ।

जहाँ उनीसँगै दिया पुन र विजय बराल पनि देखिने छन् ।   ‘दयारानी’ले मल्टिप्लेक्समा ११३ शो पाएको छ र सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शो पाएको छ ।

नेपाली हलमा राम्रा फिल्मको खडेरी चिर्दै प्रदर्शनमा आएका यी फिल्महरू प्रतीक्षित मै पर्छन् । दुवै फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा रहेकाले पनि यी दुवै फिल्म चलेको खण्डमा उनका आगामी रिलिज हुन लागेका फिल्मका निर्माताहरूलाई पनि राहत हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?