मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट–डे’, थाहा पाउनुहोस् यसको महत्त्व

काठमाडौँ– ‘भ्यालेन्टाइन विक’ अन्तर्गत आज तेस्रो दिन अर्थात् ‘चकलेट डे’ । गुलाबको फूल दिएर प्रेम व्यक्ति गर्ने दिन ‘रोज डे’ त्यसपछि प्रेम प्रस्ताव र आज प्रेमलाई अझ प्रगाढ बनाउन ‘चकलेट डे’ ।

चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा चकलेट जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा  उपहारको रूपमा प्रयोग हुने गरिन्छ। 

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ । 

अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ ।  चकलेटमा ‘प्रेम रसायन’ फिनाइलइथाइलामाइन (पीइए) हुन्छ।

कसैसँग प्रेम सम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ। साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ।

तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ। कोकामा ट्रिप्टोफान नामक एमिनो एसिड पनि हुन्छ जसले रक्तसञ्चार तथा सेरोटोनीनको (आनन्दको अनुभूतिसँग जोडिएको अर्को हर्मोन) स्तर बढाइदिन्छ। यद्यपि  निश्चित रूपमै चकलेटको प्रयोग यौनवर्द्धक ओखतीको रूपमा भएको प्रमाण भने छैन।

इतिहास हेर्ने हो भने चकलेट र यौनबिचको सम्बन्ध खोज्न १६ औँ शताब्दीतिर फर्कनपर्छ। 

पहेर्नान कोर्टेस १६ शताब्दीका एक स्पेनी कंक्विस्टेडर (अमेरिकी महादेशका भूभाग कब्जा गर्न खटाइएका लडाकू) थिए जो माया तथा एज्टेक साम्राज्यहरूमा पुगे।

हाल मेक्सिको रहेको सम्पूर्ण जसो भूभाग कब्जा गरेर उनले क्यास्टिल साम्राज्यको अधिनमा ल्याए। चकलेटको सम्पर्कमा आउने पहिलो युरोपेली उनै भएको ठानिन्छ।

उनले स्पेनका राजालाई लेखेको पत्रमा आफूले स्थानीय माया समुदायका मानिसहरूले कोकाको झोल खाने गरेको देखेको र त्यसले ‘प्रतिरोध क्षमता बढाइदिने र थकान हटाउने’ उल्लेख गरेका छन्।

यद्यपि चकलेटको सुरुआत करिब पाँच हजार वर्षपहिले भइसकेको थियो। तर, यसको अत्याधिक प्रयोग अमेरिकाबाट १९ सय वर्ष पहिले सुरु भयो ।

अमेरिकी नागरिकले ‘कोकोआ सिड्स’ लाई भगवानको उपहार मान्थे। त्यसैले यसलाई धेरै महत्त्व दिन्थे। उनीहरूले नै यसलाई ‘एनर्जी ड्रिक’ का रूपमा मसला, सुप, वाइन आदिसँग प्रयोग गर्न थालेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?