मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाजात्रा फिल्मको दुई जोडीको पोस्टर सार्वजनिक

काठमाडौं – फिल्म महाजात्राका दुई जोडीको पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक प्रदीप भट्टराईले फिल्मको दुई जोडीको पोस्टर बिहीबार सार्वजनिक गरेका हुन ।

सार्वजनिक पोस्टर फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्यदेव र गौमाया गुरुङलाई दुई जोडीको रूपमा प्रस्तुत गरिएको छ । यस अगाडिका फिल्मको सिक्वेलमा फडिन्द्र विपिन र सम्पदा वर्षा को प्रेमलाई दर्शकले रुचाउँदै आइरहेका छन् । यसमा दिव्यले इन्स्पेक्टर एकदेव खत्री र गौमाया ‘कान्ति थकाली’ पनि जोडीका रूपमा थपिएका हुन् ।

फिल्ममा विपिन, वर्षा, दिव्य र गौमायाको अलवा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विदेशका धेरै मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।

पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य रहेको फिल्ममा आशिष् अविरलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?