मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोर्खा वारिअर’को देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

काठमाडौं – मिलन चाम्स निर्देशित वार ड्रामा फिल्म ‘गोर्खा वारिअर’ले देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरेको छ । फिल्मका महत्वपूर्ण दृश्यलाई समेट्दै ल्याइएको यो गीतमा राजेशपायल राईको स्वर छ ।

एलिश कार्कीको संगीत र शैलेन्द्र खनालको शब्द रहेको गीतले फिल्मको कथा भाव पेश गर्छ । बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको मलाया युद्धलाई सेटिङ बनाइएको यो फिल्म फागुन ११ गतेबाट प्रदर्शन हुँदैछ ।

गीतमा फिल्मका शीर्ष पात्र र उनीहरुको मनोदशालाई चित्रण गरिएको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, कविता आले, शिशिर बाङ्देल लगायतको अभिनय छ । यो फिल्मलाई नेपालमा थिएट्रिकल रिलिजअघि पोखरा, काठमाडौं र धरानमा रेडकार्पेट प्रिमियर गर्ने तयारी छ । फिल्म वार-सोसल ड्रामा जनरामा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?