मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइनको अवसर पारेर टीका र सञ्जीवको नयाँ गीतको भिडियो सार्वजनिक

काठमाडौं – गायिका टीका प्रसाईं र गायक सञ्जिव पराजूलीको आवाज रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन सप्ताहको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।

‘बरू मौनता बढोस्, बरू खटपटी चलोस्, तर मन टाढा नहोस, माया झन्झन् गाढा बनोस् ‘ बोलको यो गीतमा शिखर सन्तोषको शब्द तथा आनन्द अधिकारीको संगीत रहेको छ । भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् भने जनक खड्काले मुख्य सहायक निर्देशन गरेका छन् ।

सरोज खनाल, शर्मिला मल्ल, महेश खड्का, निशा कार्की र अनुरोध अधिकारीको अभिनय रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र हुमागाईंले छायांकन गरेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियोमा रमेशमान श्रेष्ठको भिएफ्एक्स, अनन्त घिमिरेको रंग संयोजन तथा नन्दा अधिकारीको शृङ्गार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?