काठमाडौँ– ‘भ्यालेन्टाइन विक’ अर्थात् प्रेम सप्ताह चलिरहेको छ । पछिल्लो समय नेपालमा पनि युवायुवती मात्र होइन सबै उमेर समूहका मानिसले प्रेम सप्ताहलाई निकै उत्साहका साथ मनाउने चलन आइसकेको छ । भ्यालेन्टाइन विकमा आफ्नो पार्टनरलाई खुसी पार्न एक अर्कालाई सरप्राइज गिफ्टहरु दिने गरिन्छ ।
तर, के तपाईँलाई थाहा छ? यसरी दिइने कतिपय गिफ्टहरुले प्रेम बढाउनुको सट्टा घटाउने गर्दछन् । आज हामी तपाईँलाई यस्ता पाँच वस्तुहरुको बारेमा जानकारी दिनेछौँ, जुन कुराहरु कसैलाई पनि उपहारको रुपमा नदिनु राम्रो हुन्छ ।
कालो पहिरन
धेरैजसो मानिसहरुलाई कालो लुगा मन पर्छ । त्यसकारण धेरैले कालो कपडा उपहारको रूपमा दिने गर्छन् । भनिन्छ, कालो कपडा उपहारमा दिनाले जीवनमा धेरै समस्या आउन सक्छ । त्यसकारण सकेसम्म कालो कपडा उपहार स्वरुप दिने गर्नु हुँदैन ।
घडी
भ्यालेन्टाइन डेमा साथीलाई घडी दिनबाट पनि बच्नुपर्छ । यसको कारण यो हो कि घडी उपहारको रूपमा दिनाले करियर, व्यापार, जागिरमा प्रगति हुँदैन र सम्बन्धमा समस्या पनि आउन थाल्छ ।
रुमाल
कतिपय मानिसहरु आफ्नो पार्टनरलाई सबैभन्दा बढी प्रयोग भएको वस्तु उपहारमा दिन रुचाउँछन् । उपहारस्वरुप रुमाल दिनाले सम्बन्धमा कटुता पैदा हुने विश्वास गरिन्छ । त्यसकारण सकेसम्म उपहारमा रुमाल पनि दिनुहुँदैन ।
अत्तर
अत्तरले शरीरलाई सुगन्धित बनाउने काम गरे पनि उपहारको रुपमा दिएको अत्तरले धेरै समस्या निम्त्याउन सक्छ । भनिन्छ, अत्तर गिफ्ट दिदा एकअर्काबीच दूरी सिर्जना हुन्छ ।
जुत्ता र चप्पल
धेरै मानिसहरू भ्यालेन्टाइन डेमा आफ्ना पार्टनरलाई जुत्ता र चप्पल उपहार दिन चाहन्छन् । तर जुत्ता र चप्पलले नकारात्मक ऊर्जा उत्पन्न गर्ने विश्वा गरिन्छ । जसका कारण सम्बन्धमा धेरै झगडा हुने सम्भावना रहन्छ । त्यसकारण उपहारमा जुत्ता र चप्पल पनि सकेसम्म दिनुहुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया