मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँको टुँडिखेलमा तीन दिनसम्म ल्होछार महोत्सव हुने


काठमाडौँ– तामाङ समुदायको राष्ट्रिय पर्वका रुपमा लिइने सोनाम ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा तीनसम्म ल्होछार महोत्सव हुने भएको छ ।

‘सोनाम ल्होछारका मूल समारोह’ समितिले बुधबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङमा गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।

घेदुङका अनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । महोत्सवको पहिलो दिन नै तामाङ समुदायको ताम्बा, बोन्बो र लामा गुरुहरुबाट विशेष पूजाआजा हुनेछन् ।

तीन दिनै महोत्सवमा समुदायको संस्कृति झल्कने सांस्कृतिक र्‍याली झाँकी प्रदर्शन, परम्परागत नृत्य, गीतको प्रस्तुति समेत हुनेछन् । यसै अवसरमा तामाङको संस्कृति झल्कने खानाका परिकार, भेषभुषा र तामाङ जातिका बारेमा लेखिएका पुस्तकहरु प्रदर्शनी हुने घेदुङले जनाएको छ ।

ल्होछारलाई तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पाइन्छ । तामाङ भाषामा ‘ल्हो’को अर्थ वर्ष र ‘छार’ भनेको नयाँ हो । यस वर्ष माघ २७ गते समुदायले मञ्जुश्री संवत् अनुसार २८६० औं सोनाम ल्होछार मनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?