मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनिल र ममताको ‘तिमीसामु आएर’ गीत सार्वजनिक

काठमाडौं – ‘तिमीसामु आएर‘ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल दवाडी र गायिका ममता गुरुङको स्वर छ ।

डीपी खनालको शब्द, मित्र केसीको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन विशाल निरौलाले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ । केशवराज भट्टको निर्देशन, उत्सव दाहालको छायाङ्कन, राकेश दाहालको सम्पादनमा भिडियो तयार गरिएको छ ।

भिडियोमा प्रभातपाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको छ । प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायक सुनिल दवाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?