मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी रोगीका लागि अत्यन्तै उपयोगी हुन्छ सुकुमेल

काठमाडौं- मुख्यतया सुकुमेलको प्रयोग हामी चिया, मासु पुलाउ, सुत्केरी मसलालगायतका खानेकुरामा गर्ने गर्छौ । यीबाहेक पनि सुकुमेलको प्रयोग धेरै कुराहरुमा गरिन्छ । सुकुमेलको प्रयोग गर्न जान्ने हो भने शरीरलाई धेरै फाइदा हुन्छ ।

–सुकुमेल स्वादका लागि मसलाको रुपमा मात्रै होइन स्वास्थ्यका लागि औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । सुकुमेलमा भरपूर औषधीय गुण हुने गर्दछ ।

–यदि मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुकुमेलको प्रयोग गर्नुहोस् यसले दुखाइबाट राहत दिन्छ ।

–यदि तपाईको सास गन्हाउने समस्या छ भने मुखमा सुकुमेल हालेर चुस्ने गनहोस् । यसमा पाइने सुगन्धले सासलाई ताजा राखी दुर्गन्ध हटाउन मद्दत गर्दछ ।

–भोक नलाग्ने, बान्ता हुने, अपच हुनेजस्ता समस्या छन् भने पनि सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ ।

–छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ ।

–रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ । सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ ।

–मुटुको धड्कनलाई सही राख्नको लागि सानो सुकुमेल निकै प्रभावकारी छ । सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो । सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ ।

–सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ । यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ ।

–सुकुमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ ।

–सुकुमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ । यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउँछ । यदि तपाईँको मुख धेरै गनाउँछ र मान्छेहरू तपाइको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकुमेल मुखमा राख्न सक्नुहुन्छ ।

–यदि तपाई कब्जियतबाट पीडित हुनुहुन्छ भने सुकुमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ । यसले तपाईँको पाँचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ ।

–यदि तपाईँलाई यात्रामा सबै समय उल्टीको समस्या हुन्छ भने तपाईले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?